महाभियोग लागेका प्रधानन्यायाधीश राणासँग संसदीय समितिले १५ गते बयान लिने
काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बयानका लागि बोलाउने भएको छ । समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रधानन्यायाधीश राणालाई बयानका लागि बोलाउनेलगायत विभिन्न संस्थाहरूमा पत्राचार गर्ने निर्णय गरेको समितिका सभापतिको रूपमा काम गरिरहेका समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।
महाभियोगका विषयमा आफ्ना धारणा राख्न राणालाई बोलाउने निर्णय गरिएको उनले बताए ।
‘समितिले भदौ १५ गते बिहान ११ बजे महाभियोगका विषयमा आफ्ना कुरा राख्नका लागि बोलाउने निर्णय गरेको छ,’ उनले भने ।
समितिले यही भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया