प्रचण्डका घरबेटीको निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सम्झौताअनुसार समयमै काम नगरेको भन्दै सरकारले शैलुङ कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा ३ वर्ष प्रतिबन्ध लगाएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले बुधबार सार्वजनिक सूचनामार्फत शैलुङ कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको जनाएको हो । शैलुङ पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी हो ।
बालाजु–रानीपौवा सडक निर्माणमा पटक–पटक ताकेता गर्दा पनि काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा पिपिएमओले कम्पनीलाई आगामी ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।
उक्त सडक निर्माणका लागि भारतीय कम्पनी आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङले संयुक्त रूपमा ठेक्का लिएका थिए । यद्यपि, दुवै कम्पनीलाई कालोसूचीमा राखिएको पिपिएमओले जनाएको छ । अब शैलुङले ०८२ भदौ ७ सम्म निर्माणसम्बन्धी कुनै पनि ठेक्का लिन पाउने छैन, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया