NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बिना रन लामो समयसम्म खेल्न सकिँदैन : विराट कोहली

काठमाडौं (एजेन्सी) । विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बिना रन लामो समय बिसिरहन नसकिने बताएका छन् । सँगै उनले एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

एसिया कपमा भारतको पहिलो खेल पाकिस्तानसँग हुनेछ । अगस्ट २८ मा हुने यस खेलमा सबैको नजर भारतीय पूर्वकप्तान कोहलीमाथि हुनेछ । लामो समयदेखि खराब लयमा फर्कंन नसकेका २०१९ यता शतक बनाएका छैनन् । पछिल्ला केही महिनामा उनी अर्धशतकको लागि पनि आतुर छन् ।

इंग्ल्याण्ड भ्रमणमा उनको ब्याटबाट ठूलो इनिङ्स आएन । त्यसपछि उनलाई वेस्ट इन्डिज र जिम्बाब्वेविरुद्धको सिरिजमा आराम दिइएको थियो । अब कोहली एसिया कपमार्फत भारतीय टिममा फर्किएका छन् ।

एसिया कप अघि विराटले आफ्नो फर्मलाई लिएर खुलेर बोलेका छन् । एक खेलकुद च्यानलसँगको कुराकानीमा विराटले भनेका छन्, ‘मलाई थाहा छ मेरो खेल कुनस्तरको छ। विभिन्न परिस्थिति, बलर र चुनौतीहरूको सामना गर्न सक्ने क्षमता बिना तपाईं आफ्नो अन्तर्राष्ट्रिय करियरमा त्यति लामो खेल्न सक्नुहुन्न। त्यसैले मेरो समयको सामना गर्न सजिलो छ। तर म पछाडि फर्कंन चाहन्नँ ।’

विराटले अगाडि थपेका छन्, ‘म विगतबाट सिक्न चाहन्छु र म यो बुझ्न चाहन्छु कि एक खेलाडी र एक मानवको रूपमा म भित्रको मूल मूल्यहरू के छन्। मलाई यो चरणबाट बाहिर आएपछि कसरी लगातार रन बनाउन सक्छु भन्ने पनि थाहा छ । मेरा अनुभवहरू पवित्र छन्। मैले यो अवधिमा वा यसअघि जे महसुस गरें, म भन्न सक्छु। आफूलाई योभन्दा धेरै अनमोल मानिसको रूपमा सोचेको छैन।’

विराट २०२१ मा पाकिस्तानविरुद्ध चम्किएका थिए । नोभेम्बर २०१९ देखि विराटले शतक नगरे पनि प्रदर्शन निरन्तर छ । विराट कोहलीले सन् २०२१ को टी–२० विश्वकपमा भारतीय टोलीको कप्तानी गर्दा पाकिस्तानविरुद्ध उत्कृष्ट इनिङ खेलेका थिए । उनको अर्धशतकका कारण टीम इन्डिया १५० रनको अंक पार गर्न सफल भएको थियो । तर, उनले बाँकी ब्याट्सम्यानको साथ पाएनन् र पछि बलरको निराशाजनक प्रदर्शनका कारण भारतले खेल गुमायो ।