‘प्रकाश’ हेरेपछि ज्ञानेन्द्र शाहीले भने : हामी जुम्लीको यथार्थ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले चलचित्र ‘प्रकाश’मा जुम्लाका मानिसको यथार्थ देखाइएको बताएका छन् ।

उक्त चलचित्रको प्रिमियर शो हेरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘अरु सबैलाई कथा लागे पनि यो हामी जुम्लीको यथार्थ हो ।’
प्रवक्ता शाहीले हरेक चलचित्रकर्मीलाई जुम्लामा आउन आग्रह गर्दै ‘प्रकाश’लाई संसारभर चिनाउनसमेत अनुरोध गरेका छन् ।

‘जुम्लामा हरेक फिल्मकर्मीलाई आउन र संसारभर चिनाउन हार्दिक अनुरोध गर्दै प्रकाश चलचित्र अत्यन्तै सबल र सक्षम देखियो सफलताको हार्दिक मंगलमय शुभकामना !’ उनले लेखेका छन् ।
उनले प्रदीप खड्कालगायत चलचित्रका कलाकारहरूसँग खिचेका तस्बिरहरू पनि सामाजिक सञ्जालमा राखेका छन् ।

शाही जुम्लामा जन्मिएका हुन् । उनी त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया