मोटरसाइकल चोरी गरी फरार भएका एक जना पक्राउ
काठमाडाैं । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं रानीवारीबाट चोरी भई हराएको मोटरसाइकलसहित बुधबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ थाक्रे गाँउपालिका -५ गौरीखर्क घर भई हाल काठमाडौंको बाफल बस्ने ३० बर्षीय रमित लामा रहेका छन् । प्रहरीका अनुसार मोटरसाइकलको वास्तविक नम्बर वाग्मती प्रदेश ०२–०२२ प ३६ ६९ लाई परिर्वतन गरि वाग्मती प्रदेश ०२–०३१प ५८७ नम्बर राखी चलाउदै गरेको अवस्थामा उनलाई काठमाडौंको रानीवारी सडकबाट नियन्त्रणमा लिइएको थियो ।
उक्त माेटरसाइकल चोरी भएको भन्दै धादिङ सल्यानकोट त्रिपुरासुन्दरी – ४ घर भई हाल काठमाडौंको नागार्जुन गैरीगाँउ बस्ने दिपेन्द्र दाहालले प्रहरी वृत्त स्वयम्भुमा लिखित निवेदन दिएका थिए । सोही चोरीको मोटरसाइकल खोजतलास गर्न भनि वृत्त स्वयम्भुबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएको पत्रानुसार मोटरसाईकल खोजी गर्ने क्रममा, चोरीमा संलग्न व्यक्तिहरुको सुचना संकलन गरि निगरानी गर्दा लामालाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उनलाई आवश्यक कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भु पठाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया