बुवाको मुख हेर्ने दिनको अवसरमा सानिमा बैंकको विशेष योजना, भुक्तानी गर्दा २० प्रतिशत छुट
काठमाडाैं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।
उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइक फार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा पाउने छन् ।
सानिमा बैंकको डेविटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यु आर स्क्यान) बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ ।
त्यसैगरी, कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्यु आर कोर्डबाट भुक्तानी गर्दा १० प्रतिशत ९एक सय० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र ११ गते मात्र लागु हुनेछ ।
सानिमा बैंकको सात प्रदेशमा १ सय २७ वटा कार्यालय तथा १ सय २० वटा ए।टि।एम। सञ्चालनमा रहेका छन् । यस्तै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया