एक महिनामा भित्रिए ८१ करोडभन्दा बढीका विद्युतीय सवारी
काठमाडाैं । चालू आव अर्थात २०७९/८० मा ८१ करोडभन्दा बढी मूल्य बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको छ ।
भन्सार विभागको तथ्यांकअनसार साउनमा ८१ करोड ८६ लाख ३२ हजार रुपैयाँ बराबरको २ हजार ८३६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो । तथ्यांकअनुसार साउनमा अनएसेम्बल तीन पाँग्रे गाडी, कार, जिप, साइकलजस्ता विद्युतीय सवारी नेपाल भित्रिएको छ ।
भन्सार विभागका अनुसार नेपालमा साउनमा मात्रै ६२ करोडभन्दा बढीको कार, जीप र भ्यान आयात भएको छ । उक्त अवधिमा नेपालमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँको २११ वटा कार, जीप र भ्यान आयात भएको हो ।
एक महिनामा अनएसेम्बल तीन पाँग्रे बिजुली गाडी ९० लाख १५ हजारको ६४ वटा, तीन पाँग्रे विद्युतीय सवारी ४ करोड ३ लाख ७५ हजारको ४५९ वटा, ४ करोड ५३ लाख २४ हजारको एक हजार १६९ वटा विद्युतीय साइकल र ९ करोड ७ लाख ५१ हजार रुपैयाँको ९०१ वटा बिजुली मोटरसाइकल र स्कुटर आयात भएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया