NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते
अपराध

२ छोरीसहित परिवारका ५ जनाको ज्यान लिए, झुण्डिएर आफूले पनि प्राण त्यागे

काठमाडौं । हरेक मानिसका लागि परिवार एउटा संसार हो । मानिसका लागि परिवार कति प्यारो हुन्छ भने सदस्यको खुसीका लागि उसले जस्तोसुकै दुःख पनि भुलिदिन्छ । तर मन मै पाप र आपराधिक सोच पलाएपछि के लाग्दो रहेछ र ? मुटुका टुक्रा समान मानिने छोराछोरीसहित बाबुआमा र श्रीमतीको हत्या गर्न पनि तयार भइँदिँदो रहेछ मानिस ।

छिमेकी मुलुक भारतका एक युवकले यसैगरी धर्म छाड्दा दुई छोरीसहित परिवारका पाँच सदस्य सखाप पारिदिएका छन् । परिवारका सदस्यको हत्यापछि उनी आफैंले पनि झुण्डिएर प्राण त्यागेका छन् ।

भारतको हरियाणास्थित अम्बलाका ३२ वर्षीय सुखविन्दर सिंहले परिवारका सदस्यको ज्यान लिएर आफूले पनि हत्या गरेका हुन् ।

सुखविन्दरले खानेकुरामा विष खुवाएर छोरीसहित पाँच जनाएको ज्यान लिएको खुलेको छ ।

घटनामा सुखविन्दरका ६५ वर्षीय बाबु संगत सिंह, ६२ वर्षीया आमा महिन्द्रा कौर, २८ वर्षीया श्रीमती प्रमिला र दुई छोरीहरूको मृत्यु भएको छ ।

परिवारका सबै सदस्यको विषय खुवाएर हत्या गरेका सुखविन्दरले अन्त्यमा आफूले भने झुण्डिएर आत्महत्या गरेको खुलेको छ ।

परिवार नै सखाप पार्ने सुखविन्दर यमुनानगरको दुई पाङ्ग्रे सवारी कम्पनीमा कामदार रहेको बताइएको छ । घटना शुक्रबार बिहानको हो । घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले एउटा सुसाइड नोट फेला पारेको छ । जसमा लाखौंको कारोबार भएको उल्लेख छ । त्यसैले लेनदेनका कारण घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

अहिले परिवारका ६ जनाकै शव अम्बालास्थित ट्रमा सेन्टरको शवगृहमा राखेको छ । घटनास्थलमा फरेन्सिक विज्ञ पुगेका पनि छन् ।

घटनापछि अम्बला गाउँ भने आतंक र शोकमा डुबेको छ ।