बालेनप्रति महेश बस्नेतको कटाक्ष : कति कमजोर रहेछौं मेरो एउटा स्टाटसले भूकम्प गयो
काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाइएका संरचना भत्काएपछि उनी चर्चाको शिखरमा छन् ।
आफू समर्थिक अल्फाबिटाका संचालकले बनाएको अनधिकृत संरचना बालेनले डोजर लगाएर भत्काएपछि बस्नेत आक्राम बन्दै आएका छन् ।
उनले बालेनलाई दुईचार सय फेसबुके फ्यानको आधारमा अर्काको संरचना भत्काउँदै हिंडेको, डोजर चलाउन मन भए ड्राइभिङ सिकेर आउन पनि आग्रह गरेका थिए । त्यसमा बालेनले नियम कानुन सबैले मान्नुपर्ने भन्दै बरु तपाईंको घरको नक्सा पास छ कि छैन भनेर सोधेका थिए ।
फेरि शुक्रबार बालेनमाथि महेश झन् खनिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, कति कमजोर धरातलमा टिकेका रहेछौ नव उद्वारवादी, मवदी र सस्तो लोकप्रियतावादी साथी हो मेरो एउटा सानो स्टाटसले नै भूकम्प गयो त।’ आफूहरूसँग नजिक भएको कारणले बालेनले डोजर लगाएको हो भने बालेनको सन्की र लहडी आतंक नियन्त्रण गर्ने पनि बस्नेतले चेतावनी दिएका छन् ।
बालेनले पछिल्लो समय अनधिकृत रुपमा बनाइएका संरचना भत्काउँदै हिंडेका छन् ।
महानगरपालिकाबाट पार्किङका लागि भन्दै सहुलियतमा नक्सा पास गर्ने तर मोटो रकम लिएर त्यस्ता संरचना भाडामा लगाई सडकमा पार्किङ गर्न थालेपछि बालेन आफैं फिल्डमा उत्रिंदै संरचना भत्काउँदै हिंडेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया