दबाबका कारण अतिक्रमित संरचना हटाउन सकिन, बालेनजीलाई मेरो साथ छ : झाँक्री
काठमाडौं । पूर्वमन्त्री तथा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले दबाबका कारण उपत्यकाका अतिक्रमित संरचना हटाउन नसकेको बताएकी छिन् ।
काठमाडौंका मेयर बालेन शाहको कामप्रति शुक्रबार ऐक्यबद्धता जनाउँदै आफूलाई जस्तो दबाब बालेनलाई नआउने उनले विश्वास लिएकी छिन् । बालेनको काममा आफ्नो सँधै समर्थन र सहयोग रहने बताएकी छिन् ।
‘वाग्मती करिडोरका अतिक्रमित ४१ वटा संरचना हटाईसकेको थिएँ’, उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन् ‘स्थानीय तहको निर्वाचन आइरहेको छ, अहिले नगरौं भन्ने दबाब आयो । निर्वाचनपछि पुनः हटाउन सुरू गरें तर मेरो कार्यकाल लामो रहेन । बालेनकाे कामप्रति मेराे सँधै साथ र सहयाेग रहनेछ ।’
मेरो समर्थन मेयर बालेन जीलाई !
१. यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२. मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३. निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४. स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५. मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६. सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७. मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८. I am always with you, behind you. keep it up.
९. ईमान्दार प्रयासहरू सफल हुन्छन।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया