दबाबका कारण अतिक्रमित संरचना हटाउन सकिन, बालेनजीलाई मेरो साथ छ : झाँक्री
काठमाडौं । पूर्वमन्त्री तथा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले दबाबका कारण उपत्यकाका अतिक्रमित संरचना हटाउन नसकेको बताएकी छिन् ।
काठमाडौंका मेयर बालेन शाहको कामप्रति शुक्रबार ऐक्यबद्धता जनाउँदै आफूलाई जस्तो दबाब बालेनलाई नआउने उनले विश्वास लिएकी छिन् । बालेनको काममा आफ्नो सँधै समर्थन र सहयोग रहने बताएकी छिन् ।
‘वाग्मती करिडोरका अतिक्रमित ४१ वटा संरचना हटाईसकेको थिएँ’, उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन् ‘स्थानीय तहको निर्वाचन आइरहेको छ, अहिले नगरौं भन्ने दबाब आयो । निर्वाचनपछि पुनः हटाउन सुरू गरें तर मेरो कार्यकाल लामो रहेन । बालेनकाे कामप्रति मेराे सँधै साथ र सहयाेग रहनेछ ।’
मेरो समर्थन मेयर बालेन जीलाई !
१. यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२. मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३. निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४. स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५. मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६. सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७. मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८. I am always with you, behind you. keep it up.
९. ईमान्दार प्रयासहरू सफल हुन्छन।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया