NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

च्याम्पियन्स लिग ड्र सार्वजनिक : कसको प्रतिद्धन्द्धी को ?

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

नयाँ सिजनका लागि युरोपियन फुटबल एशोसिएसन (युइएफए)ले बिहीबार राति समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

जसअनुसार ६ पटकको विजेता जर्मन क्लब बायर्न म्युनिख र पाँच पटकको विजेता बार्सिलोना एकै समूहमा परेका छन् ।

बायर्न र बार्सिलोना समूह ’सी’ मा छन् । यो समूहमा इटालियन क्लब इन्टर मिलान र चेक क्लब भिक्टोरिया प्लेजन पनि रहेका छन् ।

साविक विजेता रियल म्याड्रिड भने समूह ’एफ’ मा परेको छ ।

समूह समूहमा स्पेनिस क्लब रियलसँगै जर्मन क्लब आरबी लाइपजिग, युक्रेनी क्लब शाख्तर डोनेक्स्ट र स्कटिस क्लब सेल्टिक रहेका छन् ।

यस्तै, यस समूह ’ए’मा डच क्लब आयाक्स, इंग्लिस क्लब लिभरपुल, इटालियन क्लब नापोली र स्कटिस क्लब रेन्जर्स रहेका छन् ।

समूह ’बी’मा पोर्चुगिज क्लब पोर्टो, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, जर्मन क्लब बायर लिभरकुसेन र बेल्जियन क्लब ब्रुग रहेका छन् ।

यसैगरी, समूह ’डी’मा जर्मन क्लब फ्रान्कफर्ट, इंग्लिस क्लब टोटेनहम हटस्पर्स, पोर्चुगिज क्लब स्पोर्टिङ सिपी र फ्रेन्च क्लब मार्सेई रहेका छन् ।

समूह ’ई’मा इटालियन क्लब एसी मिलान, इंग्लिस क्लब चेल्सी, अष्ट्रियन क्लब साल्जवर्ग र क्रोएसियन क्लब डिनामो जाग्रेब रहेको छ ।

समूह ’जी’ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी, सेभिया, स्पेनिस क्लब बोरुसिया डर्टमण्ड र डेनिस क्लब कोपेनहेगन रहेका छन् ।

समूह ’एच’मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), इटालियन क्लब युभेन्ट्स, पोर्चुगिज क्लब बेन्फिका र इजरायली क्लब मकाबी हाइफा रहेका छन् ।

Image

अर्जेन्टिनी मास्चेरानोका नजरमा ब्राजिल विश्वकपको छैटौंमात्रै दाबेदार, के छ जर्मनी र पोर्चुगलको अवस्था ?