केन्याविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं । केन्याविरुद्ध दोस्रो टि–२० क्रिकेट खेलिरहेको नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कप्तान सन्दीप लामिछानेले टस जितेसँगै बिहीबार झै फिल्डिङ गर्ने निधो गरेका हुन् ।
घरेलु टोलीविरुद्ध उत्रँदा नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
खेल नेपाली समयअनुसार दिउँसो ३.४५ बजे सुरु हुनेछ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
केन्या भ्रमणमा रहेको नेपालले अझै ४ टि–२० र ३ एकदिवसीय खेल्न बाँकी छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया