नेपालले आज पनि झिनो लक्ष्य पायो

काठमाडौं । केन्याले नेपाललाई आज पनि झिनो लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३, करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।
बिहीबारको पहिलो टि–२० क्रिकेटमा पनि नेपालले १३१ रनको झिनो लक्ष्य पाएको थियो । सो नेपालले ४ बल बाँकी छँदै पूरा गरेको थियो ।
१३३ रनको लक्ष्य पाएको नेपालले केहीबेरपछि ब्याटिङ गर्दैछ ।
यस्तो छ नेपालको सुरुवाती ११ :
पवन सर्राफ, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, बसिर अहमद र सन्दीप लामिछाने ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया