नेपालले आज पनि झिनो लक्ष्य पायो
काठमाडौं । केन्याले नेपाललाई आज पनि झिनो लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३, करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।
बिहीबारको पहिलो टि–२० क्रिकेटमा पनि नेपालले १३१ रनको झिनो लक्ष्य पाएको थियो । सो नेपालले ४ बल बाँकी छँदै पूरा गरेको थियो ।
१३३ रनको लक्ष्य पाएको नेपालले केहीबेरपछि ब्याटिङ गर्दैछ ।
यस्तो छ नेपालको सुरुवाती ११ :
पवन सर्राफ, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, बसिर अहमद र सन्दीप लामिछाने ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया