प्रचण्डलाई विदा गरेपछि हर्कले भने : देउवा र ओली कहिले धरान आउँछन् हेर्नु छ !
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कहिले आउँछन् भनेर आफूले हेरिरहेको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज धरान गएर विरुवा रोपेको जानकारी दिँदै भनेका छन्, ‘प्रचण्ड त आए र हाम्रो श्रमदान क्षेत्रमा विरुवा रोपेर गए अब देउवा र ओली कहिले आउलान् हेर्नु छ !’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
गत हप्तामात्रै मेयर साम्पाङ काठमाडौं आए थिए । प्रचण्डलाई भेटेर श्रमदान गर्न धरान आउन आगह गरेका थिए । प्रचण्ड आज त्यसैको निम्तो मान्न धरान पुगेको बताइएको छ ।
साम्पाङले धरान आएमा प्रचण्डलाई ढुंगा बोकाउने बताउँने गरेका थिए । तर, प्रचण्ड विरुवामात्रै रोपेर फर्किएका छन् ।
प्रचण्डको सुझाव : जनतासँग मिलेर काम गर्नू, हर्कको जवाफ : हस् सर !
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया