यसरी गरायो महानगरले राहदानी विभागको बेसमेन्ट खाली (फोटो फिचर र भिडियोसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ ।

आइतबारबाट सेवाग्राहीका लागि पार्किङमा प्रयोग हुने शर्तमा महानगरले शुक्रबार खाली गराएको हो ।

पार्किङको परियोजनका लागि प्रयोग नक्सा पास भएकोमा बेसमेन्टमा कुर्सी राखेर सेवाग्राहीलाई बस्ने व्यवस्था गरिएको थियो ।

जो होल्डिङ सेन्टर बनाउन उपर्युक्त थिएन ।

यही कारण महानगरले कारबाही गरेको हो ।

महानगरको कारवाहीलगत्तै विभागले एक सूचना जारी गर्दे सो बेसमेन्ट पार्किङ स्थलको लागि प्रयोग गरिने जानकारी गराएको छ ।

काठमाडौं महानगरले आज बेसमेन्ट खाली गराएसँगै सो ठाउँ अब पार्किङ स्थलका लागि प्रयोग गरिने विभागले सूचनामार्फत जनाएको छ ।

अवैध संरचना भत्काउने क्रममा महानगर शुक्रबारदेखि सरकारीमा समेत पुगेको हो । यसअघि निजी भवनमा मात्र कारबाही हुँदै आएको थियो ।




हेरौं भिडियो :
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया