भारत, पाकिस्तान र मलेसियामा क्रमश : कम हुँदै कोरोना

काठमाडाैं । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ । सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय संक्रमित छन् ।
यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ९० जना नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको संख्या तीस हजार पाँच सय ७१ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीहरूले बताएका छन् ।
यसैबीच, मलेसियामा कारोना लागेर छ जनाको मृत्यु भएको तथा तीन हजार एक सय १८ जना नयाँ बिरामी थपिएका छन् । शुक्रबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका बताएका छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया