ललितपुरको भाटभटेनीमा पार्किङ स्थलमा मःमको स्टल, बाइक पार्किङ गर्न सडक कब्जा

काठमाडौं । जति खोज्दा पनि ललितपुरमा पार्किङस्थलकाे अनधिकृत प्रयाेग नभेटिएको भन्ने मेयर चिरिबाबु महर्जनसामू नै प्रश्न उठेको छ । ललितपुरको पुल्चोकमा रहेको भाटभेटेनी सुपरमार्केटले आफ्नो पार्किङमा मम पसल चलाउन दिएर बाइक पार्किङको लागि सडक कब्जा गरेको पाइएको छ ।
पत्रकार कनकमणि दीक्षितले भाटभटेनीले सार्वजनिक सडकलाई निरन्तर मोटरसाइकल पार्किङकोलागि प्रयो ग गर्दै आएपछि अहिलेसम्म कसैले कारवाही नगरेको बताएका हुन् ।
‘पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङ्गको लागि निरन्तर प्रयोग गर्दै आएको छ। आफ्नो पार्किङ्गमा मम स्टल राख्छ, तलको अन्डरग्राउण्ड पार्किङ्ग रित्तै राख्छ’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘नक्सा पास विपरीत भवन निर्माणको बेला ‘प्लीन्थ लेभल’ छेउको सडक भन्दा ३ फुट माथि पुर्याउनु मापदण्ड विपरीत मात्र थिएन, सर्वसाधारणको लागि खतरापूर्ण पनि छ ( गाडीहरु ह्वात्तै सडक झर्छन । भाटभटेनीले आफ्नो भूल सुधार गर्नैपर्छ।’
यी समस्याबारे भाटभटेनी प्रोप्राइटर मीन बहादुर गुरुङ्गलाई ७/८ महिना अघि पत्रमार्फत अवगत गराइए पनि अहिलेसम्म नहटाएको दीक्षितले बताएका छन् । यो विषयमा चासो दिन ललितपुर महानगरपालिका र वडा न ३ का वडाध्यक्षलाई पनि उनले आग्रह गरेका छन् ।
तर ललितपुरका मेयर चिरिबाबुले ललितपुरमा पार्किङ बनाउने संरचनामा अनधिकृत संरचना बनेको नभेटिएको र पार्किङ प्रयोजनका लागि बनाइएको संरचनालाई अन्य प्रयोजनमा प्रयोग भएको नपाइएको बताएका हुन् । उनले मापदण्ड मिचिएकाे नक्सा नै सेयर गरेका छन् ।
काठमाडाैं महानगरपालिका मेयरले भने अनधिकृत बनाइका संरचना डाेजर लगाएर भत्काउने र पार्किङमा गरिएका अन्य व्यवसाय हटाइरहेका छन् ।
प्रतिक्रिया