NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

केन्याविरुद्ध नेपालको जित

काठमाडौं । केन्याविरुद्धको तेस्रो टी २० मा नेपालले जित हात पारेको छ । १५७ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा जित हात पारेको हो । नेपाल ४ विकेटले विजयी भएकाे हाे ।

सुरुदेखि नै आवश्यक रनरेट बनाएको नेपालले कुनै पनि समय दबाब महसुस नगरी जित दर्ता गरेको छ । छिटाे जित्ने धुनमा नेपालका २ विकेट अन्तिममा गुमेका थिए ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लले ४१ बलमा ४६ रन बनाए । डेब्यु गरेका अर्जुन साउदले ३१ बलमा ३५ रन बनाए । रोहित पौडेलले १८ बलमा २९, पवन शर्राफले १२ बलमा २० र आदिल आलमले ७ बलमा १६ रन बनाए ।

त्यस अघि केन्याले २० अाेभरमा २ विकेट मात्रै गुमाएर १५६ रन बनाएकाे थियाे । अन्तिम ५ अाेभरमा केन्याले ६९ रन जाेडेकाे थियाे ।

पाँच खेलको सिरिजमा नेपाल २–१ ले अगाडि बढेको छ ।

चाैथाे खेल भाेलि हुनेछ ।