केन्याविरुद्ध नेपालको जित
काठमाडौं । केन्याविरुद्धको तेस्रो टी २० मा नेपालले जित हात पारेको छ । १५७ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा जित हात पारेको हो । नेपाल ४ विकेटले विजयी भएकाे हाे ।
सुरुदेखि नै आवश्यक रनरेट बनाएको नेपालले कुनै पनि समय दबाब महसुस नगरी जित दर्ता गरेको छ । छिटाे जित्ने धुनमा नेपालका २ विकेट अन्तिममा गुमेका थिए ।
नेपालको जितमा ज्ञानेन्द्र मल्लले ४१ बलमा ४६ रन बनाए । डेब्यु गरेका अर्जुन साउदले ३१ बलमा ३५ रन बनाए । रोहित पौडेलले १८ बलमा २९, पवन शर्राफले १२ बलमा २० र आदिल आलमले ७ बलमा १६ रन बनाए ।
त्यस अघि केन्याले २० अाेभरमा २ विकेट मात्रै गुमाएर १५६ रन बनाएकाे थियाे । अन्तिम ५ अाेभरमा केन्याले ६९ रन जाेडेकाे थियाे ।
पाँच खेलको सिरिजमा नेपाल २–१ ले अगाडि बढेको छ ।
चाैथाे खेल भाेलि हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया