माधव नेपाललाई धक्का, दुई सांसद् एमालेमा फर्कंदै
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई नेता–कार्यकर्ता जोगाउन हम्मे पर्दै गएको छ । यही क्रममा दुई सांसद एमाले प्रवेश गर्न तम्तयार भएर बसेका छन् ।
कञ्चनपुरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विना बुढाथोकी र सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ एमाले प्रवेश गर्न लागेका हुन् । त्यसैगरी, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्द, वीरबहादुर बुढाथोकीलगायत नेता एमालेमा प्रवेश गर्ने भएका छन् । वीरबहादुर विनाका श्रीमान् हुन् ।
स्रोतका अनुसार, एकीकृत समाजवादीका कञ्चनपुरका नेताहरूले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर भेटवार्ता गरिसकेका छन् । भेटवार्ताका क्रममा उनीहरू पुरानाे घर फर्कंन राजी भएका छन् ।
‘एकीकृत समाजवादी कञ्चनपुरका असन्तुष्ट नेता ओलीज्यूसँगकाे भेटपछि पुरानै घर एमाले फर्कंन राजी हुनु भएको छ । अब केही दिनमा उहाँहरूलाइ प्रवेश गराउने तयारी छ,’ स्रोतले भन्यो ।
यसैबीच, कञ्चनपुरका माओवादी केन्द्रका केही नेतासमेत एमाले प्रवेश गर्ने मनस्थितिमा पुगेका छन् । संविधानसभा सदस्यसमेत रहेका माओवादी नेता हरिश ठकुल्लासँगै अर्का नेता मोहन गिरी एमाले प्रवेश गर्न लागेकाे चर्चा कञ्चनपुरमा चलेकाे छ ।
आफ्ना नेताले पार्टी छाड्ने तयारी गरेपछि समाजवादी र माओवादी केन्द्र दुवै उनीहरूलाई रोक्ने रणनीतिमा लागेका छन् । उता, एमालेले भने यी नेताहरूलाई दलमा भित्राउन विशेष टोली नै परिचालन गरेको छ । उसले यही भदौ १५ मा महेन्द्रनगरमा तय जनसभामा विपक्षी दलका नेतालाई प्रवेश गराउने तयारी गरेको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया