NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

यसकारण ओलीमाथि मैले राजनीतिक बम प्रहार गरें : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारीको नाइके भएको भन्दै उनीमाथि राजनीतिक बम प्रहार गरेको बताए ।

‘अघिल्लो निर्वाचनमा वामपन्थी धुब्रीकरणको आवश्यकता देखेर मैले नै एमालेसँग एकताको प्रस्ताव राखेको हो । पार्टी एकता पनि भयो’, सोमबार राजनीतिक वैचारीक प्रशिक्षणमा बोल्दै उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीले बेहिमानी, छलछाम र षड्यन्त्र गरेर नेकपा विघटन गरे । त्यही भएर १९ पृष्ठ लामो राजनीतिक बम प्रहार  म आफैले गरेको हुँ ।’

कार्यक्रममा उनले आगामी निर्वाचनपछि माओवादीले देशको नेतृत्व गर्ने दाबी गरे । ओलीजस्तो नौटंकी र नाटकी राजनीतिमा कोही नभएको जिकिर गरे ।