यसकारण ओलीमाथि मैले राजनीतिक बम प्रहार गरें : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारीको नाइके भएको भन्दै उनीमाथि राजनीतिक बम प्रहार गरेको बताए ।
‘अघिल्लो निर्वाचनमा वामपन्थी धुब्रीकरणको आवश्यकता देखेर मैले नै एमालेसँग एकताको प्रस्ताव राखेको हो । पार्टी एकता पनि भयो’, सोमबार राजनीतिक वैचारीक प्रशिक्षणमा बोल्दै उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीले बेहिमानी, छलछाम र षड्यन्त्र गरेर नेकपा विघटन गरे । त्यही भएर १९ पृष्ठ लामो राजनीतिक बम प्रहार म आफैले गरेको हुँ ।’
कार्यक्रममा उनले आगामी निर्वाचनपछि माओवादीले देशको नेतृत्व गर्ने दाबी गरे । ओलीजस्तो नौटंकी र नाटकी राजनीतिमा कोही नभएको जिकिर गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया