बलरले उत्कृष्ट प्रदर्शन गरेपछि केन्याविरुद्ध नेपालले पायो सामान्य लक्ष्य
काठमाडौं । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि केन्याले नेपाललाई सामान्य लक्ष्य दिएको छ ।
केन्याले १०२ रनको लक्ष्य दिएको हो । एक बल अगावै केन्याले सबै विकेट गुमाएकाे हाे ।
सन्दीप लामिछानेले ५ विकेट लिए । उनले चार अाेभरमा ९ रन मात्रै दिए । आदिल आलमले २, साहव आलम र दीपेन्द्र ऐरीले समान एक एक विकेट लिएका हुन् ।
केन्याको लागि लुकासले सबैभन्दा बढी लुकासले ३३, कोलिन्सले २० र सेमले १३ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाल सिरिजमा २–१ ले अगाडि छ । अब सहज विजय लक्ष्य पछ्याउन सके नेपालले अन्तिम खेल अगाडि नै सिरिज जित्नेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया