NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भारतका गौतम अदाणी बने विश्वको तेस्रो धनी व्यक्ति

काठमाडौं । भारतीय उद्योगपति गौतम अदाणी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । योसँगै उनले आफ्नो नयाँ कीर्तिमान बनाएका छन् । उनले लुइस भिटनका प्रमुख बर्नार्ड अर्नाल्टलाई पछि पारेका छन् ।

विश्वका धनी व्यक्तिको सूचीमा यो स्थान पाउने अदानी भारतको मात्र नभएर दक्षिण एसियाकै पहिलो व्यक्ति हुन् ।

ब्लूमबर्ग इन्डेक्सका अनुसार अब अदाणीका अगाडि अमेरिकाका शीर्ष उद्योगपति तथा टेस्लाका सीईओ एलन मस्क र अमेजन प्रमुख जेफ बेजोस छन् ।

अदाणी अहिलेसम्म एसिया र भारतको सबैभन्दा ठूलो धनी थिए। अब उनले विश्वको तेस्रो धनी व्यक्तिको उपाधि हात पारेका छन् ।

ब्लूमबर्गको बिलियनियर्स इन्डेक्सका अनुसार ६० वर्षीय गौतम अदाणीको कुल सम्पत्ति १३७.४ बिलियन डलर छ। टेस्लाका प्रमुख र विश्वकै धनी एलन मस्कको कुल सम्पत्ति २५१ बिलियन डलर छ भने अमेजनका संस्थापक र सीईओ जेफ बेजोसको कुल सम्पत्ति १५३ अर्ब डलर छ।

बर्नार्ड अर्नाल्ट लवीएमएच मोएट हेनेसी लुई वुइटनको सह–संस्थापक हुन्, जसलाई सामान्यतया एलभीएमएच भनेर चिनिन्छ। यो लक्जरी फेसनको संसारमा विश्वको अग्रणी नाम हो। अदाणीले धनको दौडमा देशका मुकेश अम्बानीलाई पछि पारेका छन् । ब्लूमबर्गको रिपोर्टका अनुसार अम्बानी र चीनका ज्याकमा एसियाका दुई अन्य ठूला नाम हुन् तर अदाणीले जस्तो यो स्थान हासिल गर्न सकेका छैनन् ।

गौतम अदाणी  समूहका संस्थापक हुन्। यो समूह देशको सबैभन्दा ठूलो पोर्ट अपरेटर हो। यो देशको सबैभन्दा ठूलो कोइला व्यापारी पनि हो। समूहको कम्पनीले देशका विभिन्न विमानस्थल सञ्चालन गर्ने काम पनि गरिरहेको छ । सन् २०२२ मा अदानी समूहको नेट वर्थ लगातार बढेको छ। गौतम अदाणी विश्वका शीर्ष १० धनीहरूको सूचीमा एक मात्र व्यक्ति हुन् जसको सम्पत्ति पछिल्लो २४ घण्टामा बढेको छ । यस अवधिमा अदाणीको कुल सम्पत्ति १.२ बिलियन डलरले बढेको छ। अदानीको सम्पत्ति यस वर्ष जनवरीदेखि ६०.९ बिलियन डलरले बढेको छ।

अदानी समूहले गत हप्ता एनडीटीभीको २९ प्रतिशत सेयर खरिद गर्ने तयारी गरेको घोषणा गरेर सबैलाई चकित पारेको थियो ।