फुटबलर किरण चेम्जोङ आज विवाह बन्धनमा बाँधिँदै

काठमाडौं । नेपाली फुटबलर किरण चेमजोङ आज कञ्चन निरौलासँग वैवाहिक बन्धनमा बाँधिदै छन् ।
बताइएअनुसार, चेमजोङ डेढ वर्षदेखि निरौलासँग प्रेममा थिए । त्यही सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत गर्न लागेका हुन् ।
कञ्चन यती एयरलाइन्सकी एअर होस्टेज हुन् ।
मंगलबार हल्दी मेहेन्दी कार्यक्रम गरेका उनीहरूले आफन्त, साथीभाइको सीमित उपस्थितिमाझ वैवाहिक कार्यक्रम गर्दैछन् ।
गत अगस्टमा माल्दिभ्समा सम्पन्न धिबेही प्रिमियर लिगमा चेमजोङले मैदानमै प्रेमिका सार्वजनिक गरेका थिए । लगत्तै उनले औंठी लगाइदिएर इन्गेजमेन्ट गरेका थिए ।
प्रतिक्रिया