अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए ।
सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया