राष्ट्रपतिलाई भेटेर के भने प्रचण्डले ?
काठमाडौं । आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच भेटघाट भएको छ। राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा प्रचण्डसँगै माओवादीका अन्य शिर्ष नेताहरुको पनि उपस्थिती थियो ।
उक्त भेटमा राष्ट्रपतिले प्रचण्डसँग नागरिकता विधेयकबारे चासो राखेको भेटमा सहभागी एक नेताले बताए ।
जवाफमा अध्यक्ष प्रचण्डले वैवाहिक अंगिकृत नागरिकताबारे पार्टीको धारणा राष्ट्रपतिले चासो राखेजस्तै समान भएपनि यस विषयमा राष्ट्रिय सहमति बन्न नसक्दा विधेयकमा कुनै नयाँ व्यवस्था नगरिएको बताएका थिए ।
तत्कालका दागि जन्मसिद्ध नागरिकका सन्तानहरु राज्यविहिन बन्ने अवस्थालाई रोक्नका लागि यो विधेयक ल्याइएको उनले स्पष्टिकरण दिए ।
जवाफमा उनले भने, ‘यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं । सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलीजीले पेश गरि तपाईद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद् छ ।’
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक दोस्रो पटक प्रतिनिधिसभाले हुबहु पारित गरेपछि राष्ट्रपति असन्तुष्ट थिइन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया