ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्नुभयो ? कारवाहीमा पर्नुहोला
काठमाडौं । तपाईंले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभावीरुपमा सवारी चलाइरहनुभएको त छैन ? यदि त्यस्तो छ भने अब तपाईं प्रहरीको कारवाहीबाट भाग्न सक्नुहुन्न । कुनै न कुनै दिन तपाई कारवाहीको भागिदार हुन सक्नुहुन्छ ।
किनकी प्रहरीले सिसी क्यामराको श्रव्यदृष्य हेरेर नियम उल्लङ्घन गर्नेलाई खोजेर कारवाही सुरु गरेको छ । विगतमा उक्त अभियान चलाइएपछि केही वर्ष रोकिएकामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त कार्यलाई पुनः सुरुआत गरेको हो ।
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका सवारीसाधनका चालकलाई सिसी क्यामेराका आधारमा कारवाही तीव्र पारिएसँगै पछिल्लो समयमा मात्रै सिसी क्यामेराको फुटेजका आधारमा पहिचान गरी ६३ सवारी साधनका चालक कारवाहीमा परेका छन् ।
उक्त फुटेजमा कैद भएको श्रव्यदृष्यमा देखिएअनुसार लेन उल्लङ्घन गर्ने ३१ एकतर्फी सडकमा सोविपरीत सवारीसाधन चलाएका २३ र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका आठ जना चालकलाई कारवाही गरिएको हो ।
यस्तै यात्रु लिन नमानेको कसुरमा अर्का एक चालकलाई पनि कारवाही गरिएको छ । भदौ १ देखि १४ गतेसम्म काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका चार सय २० चालक छन् ।
ट्राफिक प्रहरीले खोजी गरी ल्याइएका ९७ चालकमध्ये ६३ जनालाई कारवाही गरिएको छ । अन्य चालक हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा झैँ सिसीटिभी फुटेजका आधारमा खोजी गरी गर्ने कारवाहीलाई थप तीव्रता दिइएकोे प्रवक्ता भट्टले बताए । प्रहरीले विद्यार्थी लक्षित जाँच अभियान पनि सँगसँगै अघि बढाएको छ । उक्त अभियानका क्रममा विद्यार्थीले पनि मापसे गरेर सवारी चलाउने गरेको पाइएपछि उनीहरुसमेत कारवाहीमा परेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया