NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कांग्रेसबाट गगन प्रधानमन्त्री र वाग्ले अर्थमन्त्री !

काठमाडौं । आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकिएसँगै देशमा चुनावी सरगर्मी बढेको छ ।

सत्ता गठबन्धनबीच चुनावी तालमेलको प्रयास भइरहेको बेला पूर्वसचिव शारदाप्रसाद त्रितालले नयाँ विकल्प सुझाएका छन् । उनले कांग्रेस नेता गगन थापालाई प्रधानमन्त्री र अर्थविद् स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको प्रस्ताव गरेर चुनावमा जान सुझाव दिएका हुन् ।

‘गगन थापालाई प्रधानमन्त्री र डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको प्रस्ताव गरेर चुनावमा जाने हो भने कांग्रेसले गठबन्धनको रडाको मच्चाउनै पर्दैन ।’
नेकपा एमालेसँग आगामी चुनावमा भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा निर्विकल्प उभ्याउनुको विकल्प नभएपनि कांग्रेससँग विकल्प भएको आशय उनले प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटसमार्फत पूर्वसचिव त्रितालले निर्वाचन भनेको माहोल सिर्जना गर्नु पनि भएको हुँदा कांग्रेसले नयाँ माहोल सिर्जना गर्नुपर्ने जोड दिएका हुन् । नेकपा एमालेले पनि बेदाग नेताहरूलाई सांसदको टिकट दिएर चुनावको लागि थप माहोल बनाउनुपर्ने र नेतृत्व विकास गर्नुपर्ने उनले बताएका छन् ।
तर, सबै दलहरूले पूर्व प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री र दुईपटक मन्त्री भइसकेका व्यक्तिलाई विश्राम नदिए धेरै स्थानमा स्वतन्त्रले नै उछिट्यादिने प्रक्षेपण गरेका छन् ।

‘वर्तमान प्रधानमन्त्री र अरु म वरिष्ठ हुँ, मैले प्रधानमन्त्री हुने अवसर पाउनुपर्छ भनेर ध्वास दिने नेताहरूको नामै नलिए हुन्छ,’ दलहरूलाई सुझाव दिँदै उनले लेखेका छन् ।