सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
काठमाडाैं । साताको अन्तिम दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ घटेर ९३ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार सुनक मूल्य तोलामा ९३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी भने तोलामा ५ रूपैया बढेर एक हजार १०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा एक हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया