NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रचण्ड गोरखा–१ बाट चुनावमा उठ्दै !

काठमाडौं । माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा–१ बाट प्रतिनिधि सभा सदस्य लागि उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

प्रचण्डसहित हरिराज अधिकारी र सुशीला शिंखडालाई उम्मेदवार बनाउन सिफारिस गरेको सांसद अधिकारीले जानकारी दिए ।

‘अध्यक्षज्यूसँगै तीन जनाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ’, उनले भने, ‘उहाँले मान्नुभयो भने हामी र गोरखाकै लागि खुशीको कुरा हुनेछ । म उहाँलाई स्वागत गर्न तयार छु ।’

यद्यपी प्रचण्डले आफू चितवन–३ बाट नै निर्वाचनमा भाग लिने बताएका छन् । शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफू चितवन ३ मै उठ्ने दोहोर्याएका हुन् । चितवनबाट प्रचण्ड उठ्नेमा विभिन्न आशंका गरिएकोमा गत महिना जपान भ्रमणको क्रममा उनले आफू चितवन–३ बाट नै चुनावी प्रतिस्पर्धा गर्ने बताएका थिए ।

पटक–पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डले योपटक के गर्लान् भन्नेमा सबैको चासो रहेको छ । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धनबाट चुनावमा उठेका उनले फराकिलो मतान्तरसहित कांग्रेस–राप्रपाका उम्मेदवार बिक्रम पाण्डेलाई पराजित गरेका थिए । योपटक कांग्रेसको सहयोगमा उनी चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै गोरखा–२ बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित, हितराज पाण्डे, लेखनाथ न्यौपाने र चुडामणि खड्का सिफारिस भएको अधिकारीले जानकारी दिए । यसअघिको निर्वाचनमा श्रेष्ठ डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । भट्टराई पनि गठबन्धनमै रहेकाले गोरखा–२ माओवादीले पाउने सम्भाना निकै कम रहेको छ ।

निर्वाचन क्षेत्रको दोधारमा प्रचण्ड : चितवन बस्लान् कि रुकुम-रोल्पा पस्लान् ?