मेगा बैंकको ‘६ गुणा’ सम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’
काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडले ‘६ गुणा’ सम्म प्रतिफल दिने मेगा म्याजिक मुद्दती योजना’ ल्याएको छ । बैंकले भदाै १ गतेबाट यो योजना ल्याएको हो ।
मेगा बैंकको यस नयाँ योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले रु. १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकमहानुभावहरुलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।
आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दती खाता खोली यस योजनाबाट लाभान्वित हुन ग्राहकहरुलाई मेगा बैंकले आग्रह गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया