सहमहामन्त्री डिना प्रतिनिधिसभा र बानियाँ प्रदेशसभामा सिफारिस
काठमाडौं । मकवानपुरबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना प्रतिनिधिसभामा सिफारिस भएकी छिन् । मकवानपुर २ बाट डिना प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएकी हुन् ।
क्षेत्रीय समितिले सन्तबहादुर प्रजा र उमा दाहाललाई समानुपातिकतर्फ सिफारिस गरेको छ । प्रजा अहिले वागमती प्रदेशमा भौतिक पूर्वाधार राज्यमन्त्री छन् । डिनाले यस अघिदेखि नै आफू प्रत्यक्षमा उठ्ने बताउँदै आएकी थिइन् ।
बानियाँको नजर मुख्यमन्त्रीतिर
प्रतिनिधिसभामा पनि दाबेदारी रहने बताउँदै आएका इन्द्र बानियाँले फेरि प्रदेशसभा नै रोज्ने देखिएको छ । आगामी निर्वाचनपछि मुख्यमन्त्री बन्ने शर्तमा उनी प्रदेशसभामा चुनाव लड्न तयार हुने बताइएको छ । बानियाँ मकवानपु २ (ख)बाट प्रदेशसभाको प्रत्यक्षमा सिफारिस भएका हुन् । बानियाँ कांग्रेस प्रदेश सभापतिसमेत हुन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बानियाँलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका छन् । उम्मेदवारमा मकवानपुर कांग्रेस सभापति बुद्ध लामा, इश्वर पाठक र शंकर न्यौपाने पनि सिफारिसमा परेका छन् । प्रतिनिधिसभामा सिफारिस डिना र प्रदेशसभामा सिफारिस बानियाँ दुवै देउवाका विश्वासपात्र नेता हुन् ।
यस्तो थियो अघिल्लोपटकको निर्वाचन परिणाम
मकवानपुर २ मा अघिल्लोपटक कांग्रेसकी डिनालाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरेका थिए । माओवादीका साथ पाएका खतिवडा १२३९१ मतान्तरले पराजित भएका थिए । यसपटक उनी नेकपा एसमा छन् । डिना २ बाट सिफारिस भएपछि अब १ बाट विरोध खतिवडा उठ्न सक्ने देखिएको छ । १ बाट अघिल्लोपटक एमालेका कृष्णप्रसाद दाहालले राप्रपाका कमल थापालाई ५९७३ मतान्तरले पराजित गरेका थिए । अघिल्लोपटक कांग्रेसले राप्रपाका थापालाई सहयोग गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया