खगराज अधिकारीको गुनासो : मिडियाको कारण मैले चुनाव हारें

काठमाडौं । पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले सञ्चारमाध्यमलाई अंकुश लगाउने गरी मिडिया विधेयक ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।
शुक्रबार सरकारले प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा भाग लिँदै मिडिया काउन्सिल ऐन कडा बनाउनुपर्ने बताएका हुन् ।
अधिकारीले २०५६ सालमा मिडियाकै कारण आफूले ठूलो क्षति व्यहोरेको स्मरण गराउँदै भने– ‘एउटा प्रकाश भन्ने पत्रिकाले रातो पासपोर्ट बेच्यो भनेर मेरो नाममा प्रकासित गर्यो । त्यसपछि मैले मुद्दा हालें । लामो समयपछि मैले मुद्दा जितें । तर मिडियामार्फत समाजमा गलत संदेश गएकाले मैले चुनाव हारें । त्यसको क्षतिपूर्ति यसरी पाइन्छ ?’
त्यतिबेला मसहित नरहरि आचार्य र सुवासचन्द्र नेम्वाङले मात्र रातो पासपोर्ट फिर्ता गरेको दाबी गरे । अनुगमन गर्नुपर्ने मिडिया काउन्सिल आफै जोखिममा पर्ने भएकाले तमासा गरेको आरोप लगाए । ढिलै भएपनि सरकारले विधेयक ल्याएकोमा उनले धन्यवाद दिए ।
ताजा अपडेट
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
प्रतिक्रिया