खगराज अधिकारीको गुनासो : मिडियाको कारण मैले चुनाव हारें
काठमाडौं । पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले सञ्चारमाध्यमलाई अंकुश लगाउने गरी मिडिया विधेयक ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।
शुक्रबार सरकारले प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा भाग लिँदै मिडिया काउन्सिल ऐन कडा बनाउनुपर्ने बताएका हुन् ।
अधिकारीले २०५६ सालमा मिडियाकै कारण आफूले ठूलो क्षति व्यहोरेको स्मरण गराउँदै भने– ‘एउटा प्रकाश भन्ने पत्रिकाले रातो पासपोर्ट बेच्यो भनेर मेरो नाममा प्रकासित गर्यो । त्यसपछि मैले मुद्दा हालें । लामो समयपछि मैले मुद्दा जितें । तर मिडियामार्फत समाजमा गलत संदेश गएकाले मैले चुनाव हारें । त्यसको क्षतिपूर्ति यसरी पाइन्छ ?’
त्यतिबेला मसहित नरहरि आचार्य र सुवासचन्द्र नेम्वाङले मात्र रातो पासपोर्ट फिर्ता गरेको दाबी गरे । अनुगमन गर्नुपर्ने मिडिया काउन्सिल आफै जोखिममा पर्ने भएकाले तमासा गरेको आरोप लगाए । ढिलै भएपनि सरकारले विधेयक ल्याएकोमा उनले धन्यवाद दिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया