NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

एकदिवसीय क्रिकेटमा नेपालको दुर्लभ शतकीय साझेदारी

काठमाडौं । केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले दुर्लभ साझेदारी गरेको छ ।

सधैं ब्याटिङमा र अझै ओपनिङमा समस्या भोग्दै आएको नेपालले पहिलो विकेटका लागि एक सय रनको साझेदारी गरेको हो ।

आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि २०.३ ओभरमा एक सय रनको साझेदारी गरेका हुन् । यस क्रममा आशिफ शेखले अर्धकशतीय पारी खेलेका छन् । साउद पनि अर्धकशतक नजिक छन् ।

नेपालले जितका लागि केन्याविरूद्द २१९ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।