दुर्लभ साझेदारी गरेका नेपालका दुवै ओपनरले खेले अर्धशतकीय पारी

काठमाडौं । केन्याविरुद्ध दुर्लभ एक सय बढी रनको साझेदारी गरेका नेपालका ओपनरद्वय आशिफ शेख र अर्जुन साउद दुवैले अर्धशतकीय पारी खेलेका छन् ।
ओपनिङ जोडीले २०.२ ओभरमा एक सय रनको साझेदारी गरेका थिए । टिमले एक सय रन बनाउँदा नै आशिफले अर्धशतक प्रहार गरिसकेका थिए ।
अर्जुनले पनि खेलको २५.३ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । २६ ओभरमा नेपालले १२३ रन बनाएको छ । नेपाली ओपनरले पहिलो विकेटका लागि गरेको यो कीर्तिमानी साझेदारीसमेत हो ।
नेपालले केन्याविरुद्ध जितका लागि २१९ रनको लक्ष्य पछ्याइरहेको छ ।
प्रतिक्रिया