NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

आशिफ र अर्जुनको कीर्तिमानी प्रदर्शनमा केन्याविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आशिफ शेखको शतक र अर्जुन साउदको अर्धशतक मद्दतमा नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय खेल सात विकेटले जितेको छ ।

नेपालले ४७.२ ओभरमा सात केन्याविद्ध सात विकेटको जित हात पारेको हो । पहिले ब्याटिङ गर्दै केन्याले नेपालसमक्ष २१९ रनकाे लक्ष्य दिएकाे थियाे ।

आशिफ र अर्जुनले पहिलो विकेटका लागि कीर्तिमानी १४१ रनको साझेदारी गरेका थिए । आशिफले ११० रन बनाए । अर्जुनले ६१ रन बनाए ।
जितसँगै तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि बढेको छ ।