गम्भीर अपराधमा मुद्दा खेपेका कांग्रेस नेताहरू धमाधम उम्मेदवार सिफारिस

काठमाडौं । बालुवाटारको ललिता निवासप्रकरणमा मुछिएका विजयकुमार गच्छदारलाई कांग्रेसले सुनसरी–३ बाट सर्वसम्मत उम्मेदवार बनाएको छ ।
कांग्रेस सुनसरी–३ क्षेत्रीय समितिले निलम्बित सांसद गच्छदारलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेको हो ।
बालुवाटारको ललिता निवासको जग्गाप्रकरणमा गच्छदारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।
अघिल्लो निर्वाचनमा एमालेका सांसद भगवती चौधरीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गच्छादार २०४८ देखि निरन्तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन् । आयोगले २०७६ माघ २२ मा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि संसद सचिवालयले उनलाई सांसदबाट निलम्बित गरेको थियो ।
यसअघि सामुहिक हत्या आरोपमा मुद्दा खेपेका मोहम्मद अफताव आलमलाई रौतहट–२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियो ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया