गम्भीर अपराधमा मुद्दा खेपेका कांग्रेस नेताहरू धमाधम उम्मेदवार सिफारिस
काठमाडौं । बालुवाटारको ललिता निवासप्रकरणमा मुछिएका विजयकुमार गच्छदारलाई कांग्रेसले सुनसरी–३ बाट सर्वसम्मत उम्मेदवार बनाएको छ ।
कांग्रेस सुनसरी–३ क्षेत्रीय समितिले निलम्बित सांसद गच्छदारलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेको हो ।
बालुवाटारको ललिता निवासको जग्गाप्रकरणमा गच्छदारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।
अघिल्लो निर्वाचनमा एमालेका सांसद भगवती चौधरीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गच्छादार २०४८ देखि निरन्तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन् । आयोगले २०७६ माघ २२ मा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि संसद सचिवालयले उनलाई सांसदबाट निलम्बित गरेको थियो ।
यसअघि सामुहिक हत्या आरोपमा मुद्दा खेपेका मोहम्मद अफताव आलमलाई रौतहट–२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया