फिलिपिन्सका राष्ट्रपति सिंगार र इण्डानेसियाको राजकीय भ्रमणमा
काठमाडाैं । फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस इण्डानेसियाको राजकीय भ्रमणमा आज यहाँबाट प्रस्थान गरेका छन् । गत असार १६ गते फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो ।
इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उनले यही भदौ २१ र २२ गते सिंगापुरको पनि भ्रमण गर्नेछन् । ‘हाम्रा छिमेकी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) का सदस्य देशहरूको यो मेरो राजकीय भ्रमण हाम्रो गतिशील व्यापार र लगानी सम्बन्धको सम्भावनालाई उपयोगमा प्रयोग हुनेछ,’ जकार्ता प्रस्थान गर्नुअघि उनले दिएको वक्तव्यमा भनिएको छ ।
सिंगापुर र इण्डानेसिया भ्रमणका क्रममा कोरोनाको महामारीपछिको आर्थिक वृद्धिलाई गतिदिन तथा निर्यातका लागि थप लगानी एवं सक्रिय खरिदकर्तालाई आकर्षित गर्न आयोजित व्यापारिक मञ्च तथा बैठकमा आफू सहभागी हुने उनले जानकारी दिए ।
उनले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग समसामयिक विश्व राजनीति र भविष्यका साथै फिलिपिन्स–इण्डोनेसिया सम्बन्धबारे विचारविमर्श गर्नेछन् । इण्डोनेसिया फिलिपिन्सको सहयोगी एवं निकटतम साझेदार हो ।
सिंगापुर भ्रमणका क्रममा फिलिपिन्सका राष्ट्रपतिले त्यहाँ आफ्ना समकक्षी हलिमाह याकोब र प्रधानमन्त्री ली सिएन लुङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । दुवै भेटवार्तामा फिलिपिन्स– सिङ्गापुर सम्बन्धलाई अझ गाढा तुल्याउन द्विपक्षीय प्रतिबद्धतालाई नवीकृत गर्ने, आर्थिक सम्बन्धलाई अगाडि बढाउन विकल्प खोज्ने तथा क्षेत्रीय एवम् साझा चासोका विश्वव्यापी विषयमा छलफल गर्ने राष्ट्रपति मार्कोसले बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया