NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एसिया कप सुपर ४ : भारत र पाकिस्तान भिड्दै

काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आइतबार साँझ चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिड्दैछन् ।

भारत समूह एको विजेता बन्दै सुपर चारमा पुगेको हो भने पाकिस्तान सोही समूहबाट उपविजेता बनेको हो ।

खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।

भारत एसिया कपको सात पटकको विजेता हो । समूह चरणमा पनि भारतले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । भारत आज पनि जित निकाल्दै सुपर चारको यात्रामा सुखद सुरुवात गर्न चाहन्छ ।

अर्कोतिर, दुई पटकको विजेता पाकिस्तान पनि समूह चरणमा लिएको पराजयको बदला लिन चाहन्छ । यी दुई बीचको पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ । पछिल्लो पाँच भेटमा भारत चारपटक विजयी भएको छ ।

पछिल्लो पटक पनि यसै एसिया कपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।

सुपर चारको पहिलो खेलमा सोमबार श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले हरायो ।

सुपर चारबाट शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष