विश्वकपको ट्रफी दुई दिन घानामा
काठमाडौं । फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार घाना आइपुगेको छ ।
विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड ट्रेजेगुएट पनि घाना गएका छन् ।
घाना फुटबल संघ (जिएफए)का अध्यक्ष कर्ट ओक्राकुले घानाको भूमिमा ट्रफी आइपुगेकोमा खुशी व्यक्त गर्दै भने, “म अत्यन्त ऊर्जावान र उत्प्रेरित छु र मलाई लाग्छ कि यो प्रेरणा हाम्रो फुटबल टोलीमा प्रवेश गर्नेछ ।”
ट्रफी टुरले फुटबल प्रशंसकहरूलाई फुटबलमा सबैभन्दा प्रतिष्ठित प्रतीक हेर्न र विश्वको सबैभन्दा ठूलो, सबैभन्दा प्रत्याशित खेल घटनाहरूमध्ये एकको वास्तविक जादूको अनुभव गर्न आमन्त्रित गरेको छ ।
सन् २०२२ मा कतारमा नोभेम्बर र डिसेम्बरमा आयोजना हुने फिफा विश्वकपमा भाग लिने पाँच अफ्रिकी मुलुकमध्ये घाना पनि एक हो ।
यसकारण फेर्यो मेसीको टोली अर्जेन्टिनाले विश्वकपमा लगाउने अवे जर्सीको रङ !
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया