विश्वकपको ट्रफी दुई दिन घानामा

काठमाडौं । फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार घाना आइपुगेको छ ।
विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड ट्रेजेगुएट पनि घाना गएका छन् ।
घाना फुटबल संघ (जिएफए)का अध्यक्ष कर्ट ओक्राकुले घानाको भूमिमा ट्रफी आइपुगेकोमा खुशी व्यक्त गर्दै भने, “म अत्यन्त ऊर्जावान र उत्प्रेरित छु र मलाई लाग्छ कि यो प्रेरणा हाम्रो फुटबल टोलीमा प्रवेश गर्नेछ ।”
ट्रफी टुरले फुटबल प्रशंसकहरूलाई फुटबलमा सबैभन्दा प्रतिष्ठित प्रतीक हेर्न र विश्वको सबैभन्दा ठूलो, सबैभन्दा प्रत्याशित खेल घटनाहरूमध्ये एकको वास्तविक जादूको अनुभव गर्न आमन्त्रित गरेको छ ।
सन् २०२२ मा कतारमा नोभेम्बर र डिसेम्बरमा आयोजना हुने फिफा विश्वकपमा भाग लिने पाँच अफ्रिकी मुलुकमध्ये घाना पनि एक हो ।
यसकारण फेर्यो मेसीको टोली अर्जेन्टिनाले विश्वकपमा लगाउने अवे जर्सीको रङ !
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया