सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्बभन्दा कम
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा झरेको छ ।
त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले घटेर ४८२.९५ विन्दुमा पुगेको छ । त्यसैगरी फ्लोट इण्डेक्स ०.३६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।
आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा ९० करोड ९९ लाख ४ हजार ७५१ रूपैयाँको कारोबार भएको छ । आइतबार कुल २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १३ उपसमूहमध्ये उत्पादन र लघुवित्तबाहेक बाँकी उपसमूहको परिसूचक घटेको छ । उत्पादन र लघुवित्तको क्रमश: ०.०४ र ०.०६ प्रतिशत बढेको छ । आज मैलुङ खोला जलविद्तुको सेयरमूल्य सबैभन्दा बढी बढेको छ । आज सो कम्पनीको सेयरमूल्य ७.४३ प्रतिशतबले बढेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ३.९३ प्रतिशतले बढेको छ भने रिद्दी पावर कम्पनीको ३.३२ प्रतिशतले बढेको छ । आज रूरूको शेयरमूल्य ६.५५ प्रतिशत घटेको छ । त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाको ३.६६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज रिडी पावर शीर्ष स्थानमा रहेको छ । सो स्टकको यस दिन ९ करोड ९६ लाख ९४ हजार। रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन हिमालयन इन्स्योरेन्सको ४ करोड ५९ लाख ७८ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया