NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

केन्याले दियो नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली केन्याले नेपाललाई २५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको केन्याले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर २५५ रन बनाएको छ ।

नैरबीस्थित जिमखाना क्लबको मैदानमा जारी खेलमा केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।

लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ । यसर्थ, यो खाली प्रतिष्ठाका लागि मात्र खेलिरहेको छ ।

केन्याविरुद्धको टि–२० सिरिज पनि नेपालले ३–२ ले जितेको थियो ।

सोमपालले दिलाए नेपाललाई आठौं सफलता