भान्छेमा नियुक्त गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् राजीनामा
काठमाडौं । अछामको रामाराेशन गाउँपालिकाको भान्छेमा नियुक्त अध्यक्ष मानबहादुर साउदकी श्रीमती जयसराले राजीनामा दिएकी छन् ।
गाउँपालिकाले गत जेठ १५ गतेदेखि ०७९ मंसिर १५ गतेसम्म ६ महिनाका लागि अध्यक्ष साउदको दबाबमा उनको कार्यकक्ष र क्वार्टरमा समेत काम गर्नेगरी उनकै श्रीमती जयसरालाई भान्छेमा नियुक्त गरेको थियो । घटनापछि गाउँपालिका अध्यक्षको चर्को आलोचना भएको थियो ।
जयसराको नियुक्तिलाई अतिरन्जित गरी जनस्तरबाट समेत व्यापक आलोचना भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जनाएका छन् । राजीनामा दिएको मितिसम्बन्धमा भने उनले केही खुलाएका छैनन् ।
जयसराले भान्छेमा नियुक्त भई काम गरेबापत ३१ हजार ६३० रूपैयाँ ५० पैसा पारिश्रमिक पनि बुझेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गाउँपालिकाको तर्फबाट एक प्रष्टीकरण सार्वजनिक गर्दै बैंक खातामा भुक्तानी गरिएको उक्त रकमसमेत जयसराले फिर्ता गरेको जनाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जयसराले पारिश्रमिकसमेत फिर्ता गरेर राजीनामा दिइसकेकाले अतिरन्जित नगर्न पनि आग्रह गरेका छन् ।
हेर्नुहाेस् गाउँपालिकाकाे प्रष्टीकरण

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया