भान्छेमा नियुक्त गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् राजीनामा

काठमाडौं । अछामको रामाराेशन गाउँपालिकाको भान्छेमा नियुक्त अध्यक्ष मानबहादुर साउदकी श्रीमती जयसराले राजीनामा दिएकी छन् ।
गाउँपालिकाले गत जेठ १५ गतेदेखि ०७९ मंसिर १५ गतेसम्म ६ महिनाका लागि अध्यक्ष साउदको दबाबमा उनको कार्यकक्ष र क्वार्टरमा समेत काम गर्नेगरी उनकै श्रीमती जयसरालाई भान्छेमा नियुक्त गरेको थियो । घटनापछि गाउँपालिका अध्यक्षको चर्को आलोचना भएको थियो ।
जयसराको नियुक्तिलाई अतिरन्जित गरी जनस्तरबाट समेत व्यापक आलोचना भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जनाएका छन् । राजीनामा दिएको मितिसम्बन्धमा भने उनले केही खुलाएका छैनन् ।
जयसराले भान्छेमा नियुक्त भई काम गरेबापत ३१ हजार ६३० रूपैयाँ ५० पैसा पारिश्रमिक पनि बुझेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गाउँपालिकाको तर्फबाट एक प्रष्टीकरण सार्वजनिक गर्दै बैंक खातामा भुक्तानी गरिएको उक्त रकमसमेत जयसराले फिर्ता गरेको जनाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जयसराले पारिश्रमिकसमेत फिर्ता गरेर राजीनामा दिइसकेकाले अतिरन्जित नगर्न पनि आग्रह गरेका छन् ।
हेर्नुहाेस् गाउँपालिकाकाे प्रष्टीकरण
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया