गठबन्धन दलहरूबीच सिट बाँडफाँट सहमति नजिक : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले गठबन्धन दलहरूबीच सिट बाँडफाँट अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।
सुदूरपश्चिमको धनगढी विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले आज बेलुकासम्म भागबण्डा टुंगो लाग्ने बताए ।दलहरूबीच सिट संख्या, क्षेत्र र प्रदेश एकैपल्ट टुंग्याउने गरी गृहकार्य भएका कारण सहमतिमा केही ढिलाइ भएको उनको भनाइ छ ।
‘सिट संख्यामा सबैले आ–आफ्नै दाबी गरेका थिए । दाबी गर्नु र मिलाउनु फरक विषय हो । कांग्रेस १०० बाट झरेर ८० को वरिपरी आएका छन्’, प्रचण्डले भने, ‘हामीले ६० सिट दाबी गरेका थियौं । त्यसमा लचिलो भएर केही सिट तलमाथि हुन सक्छ । कार्यदलले आफ्नो प्रतिवेदन बुझाएपछि भोलि शीर्ष नेताहरू बसेर टुंग्याउँछौं ।’
उनले जसपा र एकीकृत समाजवादीले २५ को हाराहारीमा सहमति नजिक रहेको जिकिर गरे । यसअघि कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका थिए ।
त्यस्तै माओवादीको नेतृत्वमा भएको सडक संघर्षका कारण देश निर्वाचनमा होमिएको दाबी गर्दै उनले निर्वाचनपछि राजनीतिक संकट टर्ने बताए । प्रतिनिधिसभा तथा प्रदेशसभाको आयु एक दिन पनि लम्ब्याउन नहुने उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया