NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल (क्रान्तिकारी)

काठमाडाैं । माओवादी (केन्द्र) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘अखिल फोर्स’ गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंशिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले विशेष संरचना निर्माण गर्न लागेको हो।

‘अखिल फोर्सु अखिल (क्रान्तिकारी) केन्द्रिय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रिय पदाधिकारीहरु , प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमलक सहभागीता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए ।