NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रधानमन्त्री देउवाले दिए बेलायती नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बधाई

काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधाई दिएका छन् ।

४७ वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनी आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदैछिन्  ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन् ।