NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पोग्बाले विश्वकप गुमाउने सम्भावना बढ्यो

काठमाडौं । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले आगामी नोभेम्बरमा कतारमा सुरु हुने फिफा विश्वकप गुमाउने सम्भावना बढेको छ ।

पोग्बाले घुँडाको चोटको शल्यक्रिया गरेका कारण विश्वकप गुमाउने सम्भावना बढेको फ्रेन्च सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इटालियन क्लब युभेन्ट्स गएका पोग्बाले गत जुलाईमा चोट बोकेका थिए । चोटका कारण उनले यस सिजन एक खेल पनि खेलेका छैनन् ।

फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । सो समूहमा डेनमार्क र ट्युनिसिया छन् ।

सन् २०१८ को विश्वकप जित्दा पोग्बा फ्रान्सको मुख्य खेलाडी थिए । उनले फाइनलमा गोलसमेत गरेका थिए ।