क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कार आरोप, प्रहरीमा जाहेरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका बलात्कार गरेको आरोप लागेको छ ।
लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय, टेकुमा जाहेरी परेको छ । स्रोतका अनुसार, १८ वर्षमुनिकी ती किशोरी काठमाडौंको एक कलेजमा अध्ययनरत छिन् ।
जाहेरीमा ती किशोरीले गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको दाबी गरेकी छन् । सोही दिन दिउँसो नगरकोट घुम्न गएको तर केही नगरेको पनि उजुरीमा उल्लेख छ ।
जाहेरीपछि प्रहरीले घटनामाथि अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार, किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको होटेलको प्रमाण संकलन गर्ने तयारी अघि बढाइएको छ ।
क्रिकेटर सन्दीप घटना भएको भोलिपल्ट विदेश उडेका थिए । हाल उनी क्यारेबियन प्रिमियर लिगमा सहभागिताका लागि वेस्टइन्डिजमा छन् ।
ताजा अपडेट
-
सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न
-
कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो : गभर्नर पौडेल
-
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते
-
विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
-
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन
प्रतिक्रिया