१२ सय करोडको लागूऔषधसहित २ अफगान नागरिक पक्राउ
काठमाडौं (एजेन्सी) । दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको बाएको छ ।
करिब १२ करोडबराबरको ३१२ किलो मेथाम्फेटामाइन लागूऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ ।
त्यसैगरी उनीहरूबाट १० किलो शुद्ध हेरोइन समेत बरामद गरेको छ ।
आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ गरिएको हो।
सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठुलो मात्रा दिल्लीमा ल्याइने भएको सूचना पाएपछि दिल्ली प्रहरीले पक्राउ गरेको बताएको छ ।
एसीपी ललित मोहन नेगी र हृदय भूषणको नेतृत्वमा रहेको टोलीले इन्स्पेक्टर विनोद कुमार बडोला र इन्स्पेक्टर अरविन्द कुमार र एसआई सुन्दर गौतम र एसआई यशपाल सिंहको सहयोगमा ती व्यक्ति पक्राउ गरेको हो ।
दुई अफगानी नागरिकलाई पक्राउ गर्दै अन्तर्राष्ट्रिय सिंथेटिक लागुऔषध कारोबारीको पर्दाफाश गरिएको प्रहरीको दाबी छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया