सुनको मूल्य १००० रूपैयाँले घट्यो
काठमाडाैं । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँले बढेर ९४ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९२ हजार पाँच सय रूपैयाँ कायम भएको छ ।
आज चाँदी तोलामा १२० रूपैया घटेर एक हजार ११० रूपैयाँमा कारोबार भइरहेको महांसंघले जनाएको छ । मंगलबार चाँदी तोलामा एक हजार १२५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया