NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सन्दीपमाथि लागेको बलात्कार प्रकरणमा के भन्छ प्रहरी ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा जाहेरी परेको छ ।

गत भदौ ५ गते काठमाडौं र भक्तपुरमा दिउसो घुमाएर त्यसैरात काठमाडौंको एक होटलमा लामिछानेले आफूमाथि पटकपटक जबरजस्ती बलात्कार गरेको भन्दै एक किशाेरीले गौशाला प्रहरीमा मंगलबार जाहेरी दिएकी हुन् ।

दिउसो घुमेर फर्किएपछि राति गौशालाको एक होटलको ३०५ नम्बर कोठामा सन्दीपले आफूमाथि पटकपटक बलात्कार गरेको प्रारम्भिक बयान १७ वर्षिया किशाेरीले प्रहरीलाई दिएको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पनि विज्ञप्ति निकालेर लामिछानेविरुद्ध जाहेरी परेको जनाएकाे छ । अनुसन्धान अघि बढिरहेको जनाएको छ ।

‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्‍तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३ः५५ बजे का।जि।का।म।न।पा। ९ स्थित एक होटलको कोठा नं। ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी ००ः२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

जाहेरीपछि प्रहरीले सन्दीप डुलेको क्षेत्र, बसेको होटलको सिसिटिभी फुटेज संकलनको काम गरिरहेको जनाएको छ । साथै जाहेरी दिने पीडितको एकद्वार संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य परीक्षण गराइएको पनि प्रहरीले जनाएको छ । जाहेरीमाथि तथ्य प्रमाण पुर्याएर आवश्यक प्रक्रिया अघि बढाउने तयारी प्रहरीको छ ।

ताजा अपडेट

नेपालवाच विशेष